फोटो पत्रकार महासङघ पर्साद्वारा सम्मान तथा विदाई

वीरगन्ज । नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाले एक समारोहका बीच वरिष्ठ फोटो पत्रकार प्रविण मानन्धरलाई सम्मान गरेको छ ।

रक्तसंचार केन्द्र बीरगन्जका प्रमुख समेत रहेका फोटो पत्रकार मानन्धर काठमाण्डौ रक्तसंचार केन्द्रमा सरुवाभएपछि फोटो पत्रकार महासङ्घ पर्सा शाखाले उनलाई विदाई समेत गरेको हो । पूmलको माला, खादा,नेपाली टोली र अविरटो टिकालाई वष्ठि फोटो पत्रकार मानन्धरलाई समान्न गर्नुको साथै विदाई समेत गरिएको हो ।

नेपाल फोटो पत्रकार महासङ्घ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, फोटो पत्रकार महासङ्घका पूर्व कन्द्रिय उपाध्यक्ष राम सर्राफल, फोटो पत्रकार महासङ्घ पर्साका निर्वतमान अध्यक्ष, पंकज श्रेष्ठ, वरिष्ठ पत्रकार एवम् लक्ष्मी साहित्य समाजका पर्सा अध्यक्ष महेशचन्द्र गौतम लगायतले मानन्धरको उज्वल भविषयको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वरिष्ठ फोटो पत्रकार मानन्धरले आफु जहा गएपनि वीरगन्जसंग तस्विरको माध्यमले जुडी नै राहने प्रतिवद्धता व्यक्त गरे । ‘काठमाण्डौमा भएपनि, जसरी वीरगन्जमा हुँदा वीरगन्जवासीको सेवा गरेको थिए ,त्यसै नै वीरगन्जबासीका लागि काठमाण्डौमा परिआएको बेला सेवा गर्ने ’ उनले धारणा व्यक्त गरे ।

सम्बन्धित समाचार

Back to top button
Close
Close