नेकपामा कार्यवाहक अध्यक्ष वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले पार्टीको कार्यवाहक अध्यक्ष वरिष्ठ नेता माधवकुमार नेपाल नै रहेको बताए ।

पुर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले शुक्रबार काठमाडौंमा दशै, दिपावली, छठ लगायतका पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कार्यवाहक अध्यक्ष नेपाल नै भएको बताए ।

‘पार्टीका दुबै अध्यक्ष कामरेड नभएका बेला केही पर्यो भने नेतृत्व गर्ने पार्टीको नेता तपाई नै हो, तपाईले बोलाएको हुनाले म यहाँ आए’ गौतमले भने, ‘अरुले बोलाएको भए म आउँने थिईन्, तपाईले बोलाएर ठिकै गर्नुभयो ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुनका लागि अमेरिकामा छन् । अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।

दुबै अध्यक्ष देशमा नभएको बेला पार्टीको कार्यवाहक अध्यक्ष स्वत वरिष्ठ नेता नेपाल हुने गौतमले स्पष्ट गरेका छन् । यस अघि पनि दुबै अध्यक्ष देश बाहिर रहेका बेला नेपालले कार्यबाहक अध्यक्षको जिम्मेवारी नेपालले पाएका थिए । अहिले दुबै अध्यक्ष देश बाहिर रहेको र लिखित रुपमा कार्यबाहक नतोकिएकाले कतिपय नेताले पार्टीको काम सचिवालयले हेर्ने बताउँदै आएका छन् ।

आफैले आयोजना गरेको चियापान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी सचिवालयले गरेको पछिल्लो निर्णय नमान्ने चेतावनी दिए । पार्टी अध्यक्ष ओली अमेरिका प्रस्तान गर्नुभन्दा अघि बसेको पार्टी सचिवालय बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाड गर्ने निर्णय गरेको थियो ।

नेता नेपालले सरकार र पार्टीको काम राम्रोसंग हुन नसकेको आरोप लगाउँदै समिक्षा गर्न पार्टी स्थायी कमिटीको बैठक बस्नुपर्ने आवश्यक रहेको बताए । आफूले बैठकको माग गरिसकेको बताउँदै उनले अबको बैठकमा पार्टी र सरकारको सम्पुर्ण कामका बारेमा समिक्षा गर्नुपर्ने बताए ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता पछि पार्टीको बैठक नियमित नहुनुका साथै सकारका कामका बारेमा समेत आलोचना हुन थालेपछि समिक्षा गर्नुपर्ने उनले बताए ।

‘म बिदेश जानुभन्दा अगाडी पार्टी अध्यक्ष कमरेडसंग छलफल गरेरै गएको हो, उहाँले आफू पनि अमेरिका जान लागेको र स्वदेश फर्किएपछि प्रदेश कमिटीको बारेमा स्थायी कमिटीको बैठकबाटै टुंगो लगाउँने सहमती भएको थियो’ नेपालले भने, ‘तर सहमति विपरित म बिदेशमा रहेकै बेला घोषणा भएछ, यसको बिषयमा बैठकमै बिस्तृत छलफल हुनुपर्छ ।’

सहमती बिपरित भएको निर्णय मान्य नहुने भन्दै प्रदेश कमिटीका साथै सरकार लगायतका गतिविधिका बिषयमा बिस्तृत छलफल हुनुपर्ने अडानमा नेता नेपाल रहेका छन् । ओली, दाहाल, नेपाल लगायतका नेताका बीचमा प्रदेश कमिटीको टुंगो स्थायी कमिटीबाट लगाउँने सहमती भएको थियो ।

तर कार्यवाहक अध्यक्ष नेपाल नै भएको बताउँदे नेता गौतमले आफू समेत सहभागि पार्टी सचिवालयले गरेको निर्णयको बचाउँ गरेका छन् । सचिवालयबाट निर्णय नहुने, एकता प्रक्रिया लामो हुदै गएको अवस्थामा प्रदेश कमिटीको पदाधिकारी टुंगो सचिवालयबाट लाग्नु राम्रो भएको गौतमले बताए ।

नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी स्थायी कमिटीका नेताहरु सहभागि भएका थिए । नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ, गणेश साह, सहितका नेताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.