जापानी लगानीकर्तालाई नेपाल जान राजदुतको आग्रह

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न अगा्रह गरेकी छन् ।

संविधान दिवशको दिनमा टोकियोमा दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी÷व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई बोलाएर नेपालमा लगानीमैत्री वातावरण भएको बताएकी हुन् । राजदुत राणाले व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले संविधान जारी भएको दिन नेपालीको इतिहासमा निकै महत्वपूर्ण भएको बताईन । ‘संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न भएको छ’ राजदुत राणाले भनिन्, ‘अव प्रधानमन्त्रीज्युको ‘समृद्ध नेपाल खुशी नेपाली’को सोचलाई यथार्थतामा परिणत गर्न आर्थिक विकास र समृद्धि हासिल गर्न नेपाल सरकार अघि बढिरहेको छ ।’

राजनीतिक स्थीरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदी कारणले विदेशी लगानाीका लागि नेपाल उपयुक्त मुलुक भएकाले जापानी लगानीकर्तालाई लगानीका लागि अउनले ाग्रह गरिन । नेपालको प्राकृतिक सुन्दरता, २०२० लाई भिजिट नेपाल बर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाई सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भुमिका खेल्न उनले आग्रह गरिन् । साथै राजदुत राणाले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारले खेलेको योगदानका लागि धन्यवाद दिईन ।

कार्यक्रमका प्रमुख अतिथि जापानी विदेश उपमन्त्री आईवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रक उच्चतम अभ्यास भएको बताएका थिए । उनले नेपालमो चुनावमा जापान सरकारले पनि परेवेक्षण गरेको स्मरण गर्दै नेपालमो लोकतन्त्र सुदृणीकरणका लागि जापान सरकारले पनि सहयोग गरेको बताउँनु भयो । उनले नेपाल र जापानबीच अत्यान्त वलियो आर्थिक, सामाजिक तथा सास्कृतिक रहेको चर्चा गर्दै आगामी दिनमा झन यो सम्वन्ध अझै प्रागाढ बन्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल जाने जापानी पर्यटकहरुको संख्या बढ्दाक्रममा रहेको बताउदै मोरीले सिधै हवाई सेवा सुरु भएपनि थप बढ्न पनि बताउनु भयो ।

संविधान दिवशको अवसरमा दुतावासले असोज २, ३ र ४ गते दिपावली गरेको थियो भने ४ गते जापान टाईम्स र जापान न्युज पत्रिकामा राष्ट्रिय दिवश विषेशांक प्रकाशन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.