खेलकूदले मानिसलाई अनुशासित बनाउँछ : नगर प्रमुख यादव 

कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादवले खेलकूदले मानिसहरुलाई अनुशासित बनाउने गरेको बताएका छन ।

शनिवार कलैया उपमहानगरपालिका वार्ड नं. १५ खम्वा टोलमा आयोजना गरिएको कुस्ती प्रतियोगिताको उदघाटन गर्ने क्रममा उनले यस्तो बताएका हनु । अनुशासित व्यक्तिहरु भएमा मात्रै सभ्य समाज बन्ने भएकोले मानिसहरुको जीवनमा खेलकूदको ठूलो महत्व रहेको उनले बताए ।

कुस्ती प्रतियोगिता तराईकै लोकप्रिय खेल भएको र यसको संरक्षण गर्न जरुरी रहेको उनले बताए ।

कुस्ती प्रतियोगितामा कुस्ती खेलाडीहरुले अनुशासित भई आफनो प्रतिभा देखाउनु पर्ने र राम्रो र अनुशासित खेल देखाउने खेलाडीको सबैले सम्मान गर्नु पर्ने उनले बताए ।

कुस्ती प्रतियोगिता हाम्रो सांस्कृति सँग जोडिएकोले संस्कृतिको रक्ष ागर्नको लागि यसको आयोजना गरिएको वडा नं. १५ का वडाध्यक्ष भोरिक यादवले बताए ।

कुस्ती प्रतियोगितामा नेपाल प्रहरी, भारतको विहारको विभिन्न ठाउँ गरी ५० जोडा कुस्ती खेलाडीहरुको सहभागिता रहेको आयोजकका मदन यादवले बताए ।

कुस्ती प्रतियोगिता हेर्न बारा र पर्साका विभिन्न गाउँहरुका हजारौको संख्यामा स्थानीयहरु सहभागी भएको आयोजकले बताएका छन ।

 

 

Leave A Reply

Your email address will not be published.