बाराको महागढीमाईमा स्वालम्बन लघुबित बितिय संस्था लि. को उप शाखा उदघाटन

बाराको महागढीमाई नगरपालिका १ मा स्वालम्बन लघुवित बितिय संस्थाको उप शाखाको आईतवार उदघाटन गरिएको छ ।

महागढीमाई नगरपालिकाको उप प्रमुख तारा देबि कानु र सो बितिय संस्थाको केन्द्रिय कार्यलय प्रमुख भोजराज बस्यालले संयुक्त रुपमा स्वालम्बन लघुबित बितिय संस्थाको उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहलाई समबोधन गर्दै नगर उप प्रमुख तारा देबि कानुले बितिय संस्थाले महिलाहरुको जिवकोपार्जन बढाउन र सिप सिकेर आत्मनिर्भर बन लघुबित बितिय सस्थाले ठुलो भुमिकस खेलेको वहाले बताईन।

स्वालम्बन लघुबित ईलाका प्रमुख बिरगंजको प्रबन्धक राजेश्वर यादवले स्वालम्बन लघुबित बितिय संस्थाको बारेमा प्रकाश पारेका थिए ।

स्वालम्बन लघुबित बितिय संस्थाको देश भरी  ५७ वटा जिला ,९ वटा ईलाका र १२८ वटा उप शाखाहरु बिस्तार भएको कार्यक्रममा जानकारी गराउनु भएको थियो । नेपाल राष्ट बैकबाट घ बर्गको ईज्जात प्राप्त स्वालम्बन लघुबित संस्थाले सेवाग्राहीहरुलाई चार किसिमले सेवा प्रहाव कर्जा कारोबार ,बचत ,बिमा सुरक्षा ,डिम्प्रेसन कारोबार लगायतको सेवा दिने बताईएको थियो ।

उदघाटन समारोहलाई समबोधन गर्दै स्वालम्बनको केन्द्रिय कार्यकारी अधिकृत बितिय संस्थाको अर्थ कर्जा लिने र दिने मात्र होईन ,यसले बितिय शिक्षा बिस्तारको कार्यक्रम सेवाग्राहीलाई दिने बताए । सो अवसरमा महागढीमाईको प्रमुख प्रशासकिय अधिकृत अ्मिता बज्राचार्य , समाजसेवी मोतिलाल कुश्वाहा ,बसुन्धरा गैरे लगायतले खुसी व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ट्याग्स् ।

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।
Close