बारा समाचारमुख्य समाचार

बारा प्रहरीद्धारा १४ बर्ष देखी एक फरार अभियुक्त पक्राउ

बारा प्रहरीले १४ वर्ष पछि एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्वर १ का रंजित लोहार रहेको प्रहरी नायव उपरिक्षक रंजित सिंह राठौरले बताएका छन ।

विस २०६१ सावन १९ गते पर्सा जिल्ला विरगंज उपमहानगरपालिका वडा नम्वर २ का १४ वर्षिय अजय कुमार वाडियालई कर्तव्य गरि हत्या गरेको र मृतकको लास बारा कलैया उपमहानगरपालिका वडा नम्वर ४ मा फेला परेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्धामा २०७२ सावन १८ गते अदालतले १० वर्ष कैद फैसला गरेको थियो ।

फरार अभियुत्तलाई खोज तलासको क्रममा बिहिवार पक्राउ गरि अदालतमा पेश गरि कैद भुक्तानको लागि करागार कार्यलय विरगज पठाईएको प्रनाउ राठौरले जानकारी गराएका छन ।

Back to top button
Close