बारा समाचारमुख्य समाचार

जनताको चहना अनुसार योजना छनौट : नगर प्रमुख यादव

टोल टोलमा पुगेर जनताको आवश्यकता अनुसार योजना छनौट गर्दा विकास हुने कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताएका छन ।

चुनावमा जनतासँग गरेको वाचा अनुसार योजनाहरुलाई छनौट गरी निर्माण प्रक्रियाको काम थालनि गर्दा स्थानियहरुको पनि सहयोग मिल्ने यादवले बताएका छन ।

बुधवार आर्थिक वर्ष २०७५/७६ को लािग गोजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आफनो वडामा रहेका विकासका कामको योजना बनाई काम नगरे वडाको विकास नहुने भएकोले सो अनुरुप कार्य योजना निमार्ण गर्नुै पर्ने बताए ।

आगामि आर्थिक मासन्तको लािग जेठ २३ गते देखिे प्रत्यक वडा अध्यक्षले आफ्नो वडामा रहेको प्रत्येक टोलमा पुगेर योजना तर्जुमा गर्न शुरु गर्ने र प्रत्येक वडाबाट छनौट भएको योजनाहरुलाई नगर सभाबाट पारित गराउनको लागि जेठ ३१ गते भित्रमा नगरपालिकाको कार्यपालिकको बैठकमा पेश समेत गर्न वडा नम्बर ३ का वडा अध्यस जलाउदीन मंसुरले बताए ।

युनिसेफको सहयोग र कलैया उपमहानगरपालिकाको आयोजनामा भएको योजना तर्जुमा गोष्ठीमा कलैया उपमहानगरपालिकाका उपप्रमुख रहिमा खातुन, कार्यपालिका सदस्य, शाखा प्रमुख , वडा सचिव र युनिशेफका प्रतिनिधी लगायतका सहभागिता रहेको थियो ।

Back to top button
Close