Latest News From Terai Madhesh

बारा प्रहरीको महिला हिंसा बारे अनुशिक्षण कार्यक्रम

बारा प्रहरीले सिम्रौनगढ नगरपालिकामा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा जबरजस्ती करणी, महिला हिंसा, आत्माहत्या र ट्राफिक नियम बारे कंकाली उच्च मा.बि.का कक्षा ११ र १२ मा अध्ययनरत विद्यायर्थीहरु, राजनितिक दल, तथा स्थानिय महिलाहरुको उल्लेख्निय सहभागिता रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

कार्यक्रमका सहभागिहरुलाई प्रहरी उपरिक्षक राजकुमार वैदवारले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिम्रौनगढ नपाका उपमेयर रिना कुशवाहाले प्रहरी उपरिक्षकको प्रशंसा गर्दै भनिन गाउ घरमा महिला माथि हुने हिसां सम्बन्धि प्रहरीको यस्तो कार्यक्रम बाराको ईतिहासमा पहिलो चोटी भएको बताएकी छिन ।

यसले ग्रामिण भेगका महिलामा सचेतना फैलाउनुको साथै महिला माथि हुने अपराधमा न्युनिकरण पनि हुने कुशवाहाले बताईन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...