Latest News From Terai Madhesh

आगलागि पिडितको दैलोमा प्रदेश सरकार (भिडियो सहित)

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ कवहीजब्दीमा शनिवार भएको आगलगी पिडितको दैलोमा प्रदेश सरकार राहत समाग्री लिएर पुगेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्य म्रन्त्री लालबाबु राउत गद्धिले जनताको कुनै पनि समस्या २४ घण्टामा सामाधान गरिने बताएका छन ।

जनताले जेको लागि हामीलाई भोट दिई जिताएको त्यसको अनुभुति गराउन जनताको घर दैलोमा पुगी सेवा प्रभाव गर्ने मुख्यमन्त्री गद्धिले बताए ं।

आगलागीबाट कुनै मानविय घटना हुन बाट नियन्त्रण गर्न सफल भएका सुरक्षाकर्मी लगायत सम्पुर्णलाई मुख्यमन्त्रीले धन्यवाद समेत दिएका थिए । १४ वटा घरका परिवारको सदस्य गरि ३१ घर परिवार विस्थापित भएकोलाई प्रत्येक घर परिवारलाई नगद १६ हजार, त्रिपाल, प्लाष्टिकको बाल्टी, खाद्धय पदार्थ लगायत समाग्री एक कार्यक्रम विच मुख्यमन्त्री गद्धिले वितरण गरेका थिए ।

गाउ घरमा खाना पकाउन अहिले पनि दाउरा, पराल प्रयोग गरिने भएकोले, यो आगो पनि गाउलेले खाना पकाई आगोलाई पुर्ण रुपमा निभाउन नसकेकोले आगो लागेको हुन सक्ने प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

शनिवार ििदउसो करिव ३ बजे सुरु भएको आगो २ घण्टा पछि कोल्भी, कलैया र विरगंजबाट आएको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय बासिन्दाको सहयोगमा आगो २ घण्टा पछि नियन्त्रणमा आएको साहले बताएका छन ।

कार्यक्रममा भौतिक मन्त्री जितेन्द्र सोनल, अर्थ मन्त्री उषा यादव, रामसहाय यादव, ज्वाला साह, रामबाबु यादव, शारदा शंकर साह, महम्द समिर अंसारी, बच्चा यादव, महागढिमाई नगरपालिका प्रमुख उपन यादव, प्रहरी उपरिक्षक राजकुमार वैदावार, सस्त्र प्रहरी उपरिक्षक बेनु पाठकसाहयक प्रमुख जिल्ला अधिकारी मुकेश केशरी, मुकेश साह, लगायतकाले आगलागि पिडितलाई राहात समाग्री वितरण गरेको प्रनाउ साहले जानकारी गराएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...