Latest News From Terai Madhesh

राष्ट्र संघको आपत्कालिन बैठकः अमेरिकाको चर्को आलोचन

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालिन बैठक बसेको छ । अमेरिकाको नेतृत्वमा सिरियामा सैन्य आक्रमण गरेपछि रुसको मागअनुसार राष्ट्रसंघको आपत्कालिन बैठक बसेको हो ।

बैठकमा सदस्य राष्ट्रहरुले अमेरिकाको चर्को आलोचना गरेका थिए । रुसका राजदूतले सिरियामा भएका हमलाहरूले अन्तर्राष्ट्रिय कानुनको ठाडो गरेको बताए ।

रासायनिक अस्त्र प्रयोग गरेको भन्दै अमेरिका र उसका सहयोगी देशहरुले सिरियामा संयुक्त रुपमा क्षेप्यास्त्र हमला गरेका थिए ।

बैठकको आरम्भमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको द्वन्द्वको राजनीतिक समाधान खोज्नका लागि आह्वान गरेका थिए ।

त्यसअघि अमेरिकी रक्षा मन्त्रालयले सिरियामा गरिएको संयोजित हमलाले उक्त देशको रासायनिक अस्त्र कार्यक्रमलाई आगामी वर्षहरूमा पुनः सञ्चालनमा आउन नसक्ने तुल्याइदिएको बताएको थियो । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्देश्य पुरा भएको सन्देश ट्विटरमा लेखेका थिए ।

उता सिरियाका राष्ट्रपति बशर अल असदले भने ती हमलाबाट आफू आफ्ना विपक्षीहरुलाई पराजित गर्न झन् दृढ भएको बताएका थिए ।
त्यसैगरी इरान पनि सिरियालाई सहयोग गर्ने बताउँदै पछी नहट्न भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...