Latest News From Terai Madhesh

महागढीमाई नगरपालिका : आगलगी पिडितलाई ११ हजार नगद सहित राहत दिने निर्णय

हागढीमाई नगरपालिका बरियारपुरले आगलगीबाट पिडित परिवारलाई राहत स्वरुप ११ हजार नगद सहित खाद्यान्न सामाग्री र लता–कपडा दिने निर्णय गरेको छ ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा आईतबार विहान बसेको आपतकालिन बोर्डको बैठकले नगरपालिकाको वार्ड नं। ५ स्थित रहेको कवहीजब्दीको दलित बस्तीमा भएको आगलगी पिडित परिवारहरुलाई राहत दिने निर्णय भएको छ । प्रति घरधुरीलाई ११ हजार नगद सहित साडी, लुंगी, गम्छा, गंजी लगायतका लताकपडा राहत दिने निर्णय गरेको छ । साथै आगलगी पिडित परिवारलाई नगरपालिकाले १० दिनसम्म खाना, नास्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

आगलगी भएको शनिबार नगरपालिकाका नगर प्रमुख यादवले घटनास्थल पुगी आगलगी पिडित परिवारहरुलाई त्रिपाल, तन्ना, झुल, खाद्यान्न सामाग्रीमा बिस्कुट, चाउचाउ, चिउरा, दालमुट लगायत वितरण गरेका थिए । आगलगीमा परी २८ घरधुरीको अन्न, लता कपडा नगद पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलगीबाट ३४ घरधुरीका बृद्ध, युवा, युवती, बालबालिका गरी एक सय ९५ जना पिडित बनेका छन । आगलगी पिडित परिवारहको घाउमा मल्हम लगाउनको लागि नगद सहित राहत स्वरुप लताकपडाको सांथ साथै खाना र नास्ताको मेस नै सञ्चालन गरेको नगर प्रमुख यादवले बताए ।

आगलगीबाट स्थानीय रामभजन राम, रामविश्वास राम, कपिल राम, सुरज राम, मनु राम, कन्हाई राम, बुटाई राम, भोला राम, सोध्न राम, लौकेश राम, अमिरी राम, धुरेन्द्र राम, रामअसरे राम, मिश्री राम, गुगली राम, दुलर राम, रामप्रसाद राम, रामअसिस राम, नागेन्द्र राम, दशरथ राम, रामबहादुर राम, सत्यानारायण राम, ब्रहमदल राम, पलटु राम, जलेश्वर राम, प्रमदत राम, नागा राम, लछुमन रामको पुर्ण पमा जलेर नष्ट भएको छ । त्यसैगरी आगलगीबाट जवाहीर राम, प्रधुमन चौधरी, दुलारचन राम, जियालाल राम, बच्चु रामको घरमा सामान्य क्षति भएको छ । आगलगी निभाउने क्रममा स्थानीय राकेश चौधरी घाईते भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...