Latest News From Terai Madhesh

कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादवद्धारा अभिभावकत्व ग्रहण

लैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बिद्यालयबाट बाहिर रहकी अर्काको एक जना अर्काकी बालिकाको अभिभावकत्व ग्रहण गरी बिद्यालयमा आईतबार भर्ना गराएका छन् ।

कलैया उपमहानगरपालिका १२ शितलपुरका ४ बर्षिय बालिका प्रिया कुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय शितलपुरको बाल बिकास कक्षामा नगर प्रमुख यादवले भर्ना गराएका हुन् ।

स्थानीय राकेश कुमारको छोरीको अभिभावकत्व ग्रहण गरी बिद्यालयमा भर्ना गराएकोे बिद्यालयले जनाएको छ ।

समाजका अग्रज ब्यक्तिहरुले बिभिन्न कारणले बिद्यालय पढ्नबाट बञ्चित रहेका अर्काका छोराछोरीलाई बिद्यालयमा भर्ना गराउँदा पढ्ने उमेरका सबै बालबालिका बिद्यालय सम्म पुग्ने भएकोले आफु यो अभियानमा लागेको नगर प्रमुख यादवले बताए ।

नगर प्रमुख यादवले नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय शितलपुरको बाल बिकास कक्षामा अर्काका छोरीको अभिभावक बनी भर्ना गराएपछि गाँउमा बिद्यालय आँउनबाट बञ्चित रहेका बालबालिकाहरुको अभिभावले पनि आफ्ना छोराछोरीलाई बिद्यालयमा भर्ना गराउँने माहौल बनेको बिद्यालय प्रधानाध्यापक राजकिशोर सहनीले बताए ।

शितलपुर टोलमा मात्रै पढ्ने उमेर भएका १०० जना भन्दा माथि बालबालिकाहरु घरको कामकाज गरी बस्ने गरेको सहनीले बताए । नगरप्रमुख यादवले शुरु गरेको भर्ना अभियानलाई सफल बनाउँन सबै बालबालिकालाई बिद्यायल भर्ना गराउँने कार्यमा अब खटिने सहनीले बताए ।

साथै नगरप्रमुख यादवले नयाँ शैक्षिक सत्रको लागि बिद्यालयमा पढने बिद्यार्थीहरुलाई निशुल्क पाठय पुस्तक बितररण गरेका छन्।

कक्षा एक देखि आठसम्म पढने ३५० छात्रछात्राहरुलाई पाठय पुस्तक बितरण गरीएको प्रअ सहनीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...