Latest News From Terai Madhesh

अहिलेको प्रमुख सुरक्षा चुनौती नै आतंककारी गतिविधी–प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती नै आतंककारी गतिविधी भएको बताएका छन् । आतंककारी गतिविधिका कारण शान्ति, सुरक्षाका साथै अर्थतन्त्रमा समेत नराम्रो प्रभाव पर्ने गरेकाले सुरक्षा व्यवस्था चुस्त हुनुपर्ने बताए ।

नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई बिहिबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षा व्यवस्था राम्रो भए अर्थव्यवस्थाका साथै मुलुकको समेत प्रगति हुने बताए ।

‘मुलुकभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ उनले भने, ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनुका साथै सजग हुनु पर्दछ ।’

आतंककारी गतिविधीले शान्ती सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउँदै उनले शान्ति सुरक्षाको व्यवस्था मजबुत बनाउँन निर्देशन समेत दिए । २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको उनले बताए ।

राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षानिकायहरु बीच समन्वय बनाउँन उनले निर्देशन दिए ।

लामो अस्थिरता पछि देश स्थायित्वतर्फ अग्रसर भएका बताउँदै प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताए । अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा हामी रहेकाले सधै भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंसा गर्दै नेपाली सैनिकहरुले विश्वका द्वन्द्व ग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको बताए ।

नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...