Latest News From Terai Madhesh

अमलेखगंजमा खानेपानीको हाहाकार !

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत  पर्ने अमलेखगंजमा लामो समय देखि नैं खानेपानीको समस्या रहँदै आएको छ ।

खानेपानीका लागि स्थानीय बासिन्दा पुराना धारा , नदी , प्राचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएका हुँन् । खानेपानीको अभावका कारण यहाँको होटल व्यवसाय संकटमा पर्न थालेको छ ।

खानेपानीको कुँनै बिकल्प न त सरकारले गरेको छ , न त स्थानीय सरकारले नैं चाँसो दिखाएको छ । बाध्य भएर खोलाको पानी नैं खाने गरेको स्थानीय कृष्ण बहादुर बिकले बताए ।

यता खोलाको र मुहानको पनि सिदै पिउँने गर्दा स्थानीयहरु बिरामी समेत हुँने गरेका छन । पिउन सम्म पानी अभाव छ , यहि पनिले खाना बनाउँनु पर्छ र यहि पानीको सेबले बिरामी समेत हुँनु परेको स्थानीय मायाँ देबी लामाले बताईन् ।

स्थानीय बासिहरुलाई खानेपानी सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएको आँफुलाई जानकार रहेको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको २१ नं.वडा अध्यक्ष कृष्ण बहादुर ठकुरीले बताए ।

उनले यसको समाधनका लागि नगर लागि परेको बताउँदै पहिलाको भन्दा केहि सुधार गरिरहेको र यसको स्थाई निकासका लागि आँफु लागि परेको उनको भनाई छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको २२ नं.वडा अध्यक्ष मानिक लाल थिङ्ग भन्छन् –“चुरे पहाड कै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउँनै गार्हो हुन्छ ।”

तर , यथार्तमा यस ठाउँमा पानीको निकै हाहाकार रहेको बताए । उनले आँफुले विभिन्न सरकारी निकायसँग समन्य गरेर यसको हलका लागि आँफु लाग्ने बताए ।
पानी सङ्कलन गर्न नयाँ बिजौरी , पुरानो बिजौरी , ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याईएको थियो ।

चुरे पहाड कै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउँनै गा¥हो पर्छ । पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाड कै काँखमा रहेको यस बस्तीमा खानेपानीको समस्या सार्है दुःखदायी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...