Latest News From Terai Madhesh

ठाकुर र यादव दिल्लीमा

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण सकिए लगत्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नयाँदिल्ली पुगेका छन् ।

ठाकुर स्वास्थ्य जाँचका लागि मंगलबार नयाँदिल्ली प्रस्थान गरेको राजपा नेपालले जनाएको छ । ठाकुर दिल्ली जानु अघि राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव गईसकेका छन् । यादव सोमबार दिल्ली गएका हुन् । राजपाले दुबै नेता आफ्नो नियमित उपचारका लागि दिल्ली गएको जनाएको छ ।

तर स्रोतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक निम्तोमा ठाकुर दिल्ली गएका हुन् । तर राजपा नेपालका उपाध्यक्ष सत्यनारायाण मण्डलले ठाकुर स्वास्थ्य जाँचका लागि नै दिल्ली गएको दावी गरेका छन् ।
नियमित स्वास्थ्य उपचारका लागि दिल्ली गएका ठाकुर, यादव एक हप्तासम्म उतै बस्नेछन् । उपचारका साथै प्रधानमन्त्री मोदी सहित अन्य नेताहरुसंग समेत भेटघाट हुने बताईएको छ ।

भारत भ्रमणमा गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा संबिधान संशोधनको बिषयमा कुरा नभएपछि राजपाले असन्तुष्टि व्यक्त गरेको छ । ठाकुर र यादवले दिल्ली बसाईका क्रममा संबिधान संशोधन, मधेसको बिकासमा भारतीय सहयोग लगायतका बिषयमा छलफल हुने बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...