Latest News From Terai Madhesh

चीन भ्रमणपछि नेपाल स्वदेश फर्किए

माले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल चार दिने चीन भ्रमण पछि बुधबार स्वदेश फर्किएका छन् ।

चीनको सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्किएका हुन् ।

एमाले विदेश विभागका प्रमुख समेत रहेका एमाले वरिष्ठ नेता नेपालले कार्यक्रममा ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा समेत राखेका छन् ।

चारदिन अघि चीन प्रस्थान गरेका नेपाल चीनमा रहदा कार्यक्रमका साथै उच्च पदस्थ अधिकारीहरुसंग समेत भेटघाट भएको एमाले प्रचार बिभागका सचिव बिष्णु रिजालले बताए । यसैगरी सान्सी प्रान्तको सियान बिश्वबिद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्धघाटन समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...