Latest News From Terai Madhesh

अमेरिकी सरकार अवैध विदेशीप्रति कडा बन्दै

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध विदेशी नागरिकलाई पक्राउ गर्ने र सामान्य अनुसन्धानपछि छोडने परम्परा अन्त्य गर्न बनेको एक दस्तावेजमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले रक्षा प्रतिष्ठानलाई अवैध विदेशीहरुको सूची समेत उपलब्ध गराउन भनेका छ ।

रक्षा प्रतिष्ठानले उपलब्ध गराएको सूचनाका आधारमा अवैध बसिरहेका विदेशी नागरिकलाई ट्रम्प सरकारले अब पक्राउ गरेर जेलमा राख्न सक्ने अनुमान गरिएको छ ।

व्हाइट हाउसले शुक्रबार अवैध विदेशीहरुलाई पक्राउ गर्ने र सामान्य सोधपुछपछि छोड्ने नीति अमेरिकाको लागि खतरनाक रहेको टिप्पणी गरेको छ । व्हाइट हाउसले भनेको छ सामान्य कारबाही मात्र हुने हुनाले अवैध विदेशीहरुले अझ अमेरिकाको कानुनको उलंघन गर्न प्रोत्साहन मिलेको बताएको छ ।

व्हाइट हाउसले आफ्नो वक्तव्यमा भनेको छ,‘ अमेरिकी नागरिकको रक्षा एवं सुरक्षा राष्ट्रपतिको उच्च प्राथमिकतामा छ । यस कारण देशको रक्षाको आफ्नो प्रतिवद्धता पूरा गर्न र अमेरिकको कानुनको सम्मानको सुनिश्चित गर्न चाहानुहुन्छ । ’
शुक्रबार हस्ताक्षर गरिएको दस्तावेजमा भनिएको छ,‘ मानव तस्करी,मादक पदार्थ एवं अन्य प्रतिवन्धीत सामाग्रीको तस्करी गर्ने र त्यसका गिरोहलाई अमेरिकाको सिमासम्म आउनु अमेरिकी जनातालाई सुरक्षाको खतरा हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...