मुख्य समाचाररौतहट समाचार

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जन्मकैदको फैसला

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले जन्मकैदको फैसला सुनाएको छ ।

हिन्दु युवा संघ बीरगन्जका तत्कालिन अध्यक्ष काशी नाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जन्मकैद भएको हो ।

जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले चैत २० गते पर्सा जिल्ला अदालतको फैसलालाई उल्टाउदै कुशवाहालाई जन्मकैदको सजाए सुनाएको छ । जिल्ला अदालत पर्साले कुशवाहालाई काशी तिवारीको हत्या अभियोगमा सफाई दिएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा कुशवाहले नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको मेयर पदमा चुनाव जितेका थिए ।

ट्यागहरू
Back to top button
Close