Latest News From Terai Madhesh

बाराको कलैयामा बैशाख ५ गते देखी महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने

बाराको कलैया स्थित सिद्धेश्वर राष्ट्रिय क्रिकेट खेल मैदानमा २०७५ बैशाख ५ गते बिहान ९ बजे देखी कलैया क्रिकेट क्बल र जिल्ला क्रिकेट क्बलको आयोनामा महिला राष्ट्रिय टि–२० प्रतियोगिता हुने कलैया क्रिकेट क्लबले बिहिबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

महिला राष्ट्रिय टि–२० प्रतियोगितामा बारा महिला क्रिकेट टिम, राईजिङ्ग क्रिकेट फाँर वुमन काठमाण्डौं, सशस्त्र प्रहरी महिला क्रिकेट टिम, मिलन क्रिकेट टिम झापाको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितमा राष्ट्रिय स्तरका १५ जना अन्तर्राट्रिय प्रतियोगिता समेत खेलेका महिला क्रिकेटरहरुको सहभागिता हुने कलैया क्रिकेट क्लबका सचिव पंकज पाण्डेले बताए ।

प्रतियोगिता राउन्ड लबिङ्ग नियम अनुसार खेलाईने, प्रत्येक टिम संग प्रत्येक टिमले एक म्याच खेल्ने र प्रतियोगितामा कुल ७ म्याच हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै बारा क्रिकेट संधका सचिव अनिल चौगाईले भने “राजनीतिक उदाशिनता र समाजिक उदाशिनताले गर्दा बारा जिल्लामा खेलको बिकास हुन सकेको छैन ।”

पत्रकार सम्मेलनमा कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुद्दिन मंसुर, बारा क्रिकेट संघका सचिव अनिल तिवारी, बारा क्रिकेट संघका सुभाष जैसवाल, कलैया क्रिकेट क्लबका सचिव पंकज पाण्डे, कलैया क्रिकेट क्लबका कृष्ण कुमार शर्मा बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ कलैया क्रिकेट क्लबका खिलाडि तथा पत्रकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...