Latest News From Terai Madhesh

२८ वर्षपछि भारतको विश्वकप जितमा, महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ ।

राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे ।

धोनीले आफ्नो कप्तानीमा भारतलाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएकै दिन अप्रिल २ तारिखमा यो विशेष राष्ट्रिय सम्मान पाएका हुन् । सन् २०११ मा अप्रिल २ तारिखकै दिन मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकालाई ६ विकेटले हराउँदै धोनी नेतृत्वको टिम ईन्डियाले २८ वर्षपछि भारतलाई विश्वकप जिताएको थियो ।

सोमबार राष्ट्रपति भवनमा अयाोजित समारोहमा धोनीसँगै भारतका चर्चित बिलियार्ड खेलाडी पंकज आडवाणीलाई पनि पद्य भुषण प्रदान गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...