Latest News From Terai Madhesh

क्रिकेटर स्मिथ र वार्नरमाथि लागेको प्रतिवन्ध घटाउन माग

ष्ट्रेलियाली क्रिकेट खेलाडी संघले अष्ट्रेलियाली क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथ र उप—कप्तान डेभिड वार्नर तथा बलर क्यामरुन ब्रेनक्रफ्ट माथि लागेको प्रतिवन्ध घटाउन माग गरेको छ ।

अष्ट्रेलियाली क्रिकेटर एशोसियनसका अध्यक्ष ग्रेग डायरले खेलाडीहरु माथि लागेको प्रतिवन्ध घटाउन माग गर्दै पुनर्विचार गर्न क्रिकेट अष्ट्रेलियासँग माग गरेका छन् ।

डायरले अघि भनेका छन्, अन्य नजिरहरुलाई आधार मानेर हेर्दा उनीहरु माथि लगाइएको प्रतिवन्ध निक्कै धेरै रहेको छ ।

दक्षिण अफ्रिकाविरुद्ध उसकै मैदानमा भएको तेस्रो टेष्टका क्रममा बल टेम्परिङ गरेको आरोपमा अष्ट्रेलियाली क्रिकेट बोर्डले कप्तान स्टिभ स्मिथ र उप–कप्तान वार्नरलाई १ वर्ष तथा बलर बेनक्रफ्टलाई ९ महिनाको प्रतिवन्ध लगाइएको छ ।

साथै उप—कप्तान वार्नरलाई भविष्यमा टिमको नेतृत्वमा कहिल्यै पुग्न नसक्ने र अन्य दुईका लागि प्रतिबन्धपछिको अर्को १२ महिना टिमको नेतृत्व तहमा पुग्न नसकिने गरी प्रतिवन्ध लगाएको छ ।

यसैबीच खेलाडी संघका अध्यक्षले उनीहरुलाई घरेलु प्रतियोगितामा भने खेल्न पाउने गरी प्रतिबन्ध फुकुवा गनुपर्ने प्रतिक्रिया दिएका छन् ।
यस्तै उक्त घटनालाई लिएर टिमका प्रशिक्षक ड्यारेन लेहमानले पनि राजीनामाको घोषणा गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Loading...