सुचना / प्रविधी

के तपाइँ बिरामी हुँदै हुनुहुन्छ ? ८ दिनअघि नै टि्वटरले बताइन्छ

twitterटि्वटर केवल अब अभिव्यक्तिको ससक्त मञ्च मात्र रहेन । माइक्रोब्लगिङ साइट टि्वटर अब भविष्यवेत्ता समेत बनेको छ । साँच्ची टि्वटरले व्यक्तिगत स्वास्थ्य तथा बिमारको भविष्यवाणी गर्दैछ ।

हो, शोधकर्ताहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसमार्फत टि्वटरले कुनै व्यक्ति बिरामी पर्दैछ भन्ने कुरा त्यसको ८ दिनअघि नै घोषणा गरिदिन्छ ।

अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो एप्लिकेसनको विकाश गरेका हुन् । हिटम्याप नामको यो एप एउटा यस्तो प्रणाली हो जसबाट टि्वटरको सहायताले आपसमा भेट हुने मानिसको स्वास्थ्यको विश्लेषण गर्न सकिन्छ ।

शोधकर्ता एडम सडिलेक र उनको टोलीले यो प्रविधि विकाश गरेको हो । यसक्रममा उनीहरुले सन् २०१० मा ६ महिनासम्म ४४ लाख टि्वटर प्रयोगकर्ताको जिपिएस ट्याग टि्वटको विश्लेषण गरेका थिए । यो प्रविधिले स्वस्थ व्यक्तिको टि्वटलाई लुकाइदिन्छ र संक्रमण प्रभावित स्थलमा रहेका व्यक्तिहरुलाई चेतावनी युक्त सन्देश दिन्छ । यसबाट फ्लु जस्ता रोगको फैलावटका बारेमा पूर्वानुमान गर्न सकिने दाबी उनीहरुको रहेको छ ।

OnlineKhabar.Com

ट्यागहरू
Back to top button
Close