बारा समाचार

बारा उद्योग बाणिज्य संघका पदाधिकारीहरु सम्मानित

श्याम गुप्ता
बारा , ३० मंसिर

Bara Udhyog Banijya Shangh Ka Padadhikari Haru Sammanit      कलैयास्थित ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वार्षिक साधारणसभाको क्रममा बारा जिल्ला उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विनोद साहलगायत पदाधिकारीहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिमरा एवम् बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण पौडेल र संस्थाका अध्यक्ष उमेशचन्द्र यादवले गरेका हुन । यसरी सम्मानित हुनेहरुमा  बारा उद्योग बाणिज्य संघका उपाध्यक्ष्ँ विनोद बरै, महासचिव राजकुमार साह, सचिव रामाअशिष साह, सदस्यहरु नरेन्द्र साह, राजन केशरी, अनिल चौंगाई र अजय  गुप्तालगायत रहेका छन ।  वार्षिक साधारणसभालाई सम्वोधन गर्दै बारा उद्योग बाणिज्य संघका अध्यक्ष विनोद साहले यो सम्मानले आफुलाई उद्योगी व्यवसायीको कुशल नेतृत्व अलावा सहकारीमार्फत सामाजिक तथा आर्थिक समृद्धिमा काम गर्ने हौसला मिलेको बताउनु भयो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण पौडेलले बारा उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सम्मान र सहभागिताले सहकारी आन्दोलनमा नयां आयाम थपिएको बताउदै निजी र सहकारी मिलेर धेरै काम गर्न सकिने बताउनु भयो । अहिले काठमाण्डौमा केही ठुला सहकारीमा देखिएका समस्याहरु औंल्याउदै समुदायमा आधारित र सदस्यकेन्द्रीत भई उत्पादनमूलक कार्यमा लगानी र पर्याप्त तरलता कायम गर्न सक्ने सहकारीमा कुनै समस्या नआउने बताउनु भयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जय गुप्ता, साना किसान कृषि सहकारी संघ बाराका सचिव पुनदेव रौनियार, सुर्यविनायक सहकारी वीरगञ्जका प्रतिनिधि भरतमोहन शर्मालगायतले शुभकामना दिनु भएको थियो ।

संस्थाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन उपाध्यक्ष विनोद बरै र स्वागत गौरी पाठकले गर्नु भएको थियो । समुदघाटन सत्रपछि आयोेजित वन्द सत्रले अध्यक्ष यादवको प्रगति प्रतिवेदन, लेखा संयोजक दिलिप चौधरीको प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।
एक वर्षअघि स्थापना भएको सहकारीमा अहिले १०१ सदस्यहरुवीच करीव एकसठी लाखको कारोवार गरिरहेको व्यवस्थापक राधेश्यामप्रसाद यादवले बताउनु भएको छ ।

Back to top button
Close