साना किसान कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारण सभा सम्पन्न

सुभाषप्रसाद साह
कलैया, ३० असोज

साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष नयनकला खड्काको सभापतित्व तथा साना किसान कृषि सहकारी संघ लि. बाराका उपाध्यक्ष श्री मिश्रीलाल सहनिको प्रमुख आतित्थ्यमा सम्पन्न भएको हो ।
संस्थाले सभाको अवसरपारी वृद्ध शेयर सदस्य लक्ष्मण राउत अहिर, सदस्य परीवारबाट ०६८ को एस.एल.सी. परीक्षमा प्रथम श्रेणिमा उतिर्ण चार छात्र, सदस्यपरीवारका तीन अशक्त अपाङ्ग ब्यक्ति तथा संस्थाका सहयोगी जितबहादुर थापालाई नगद, प्रशंसापत्र तथा दोसल्ला ओढाई सम्मान गरेको थियो । संस्थाले अघिल्लो आर्थिक बर्षमा गरेको मुनाफाबाट प्रति शेयर आठ रुपैयाका दरले बोनश बितरण गर्ने भएको छ । साथै संस्थाबाट ऋणलिई लामो समय सांवा तथा ब्याज नतिर्नेहरुको धितो लिलाम गरी ऋण असुलि गर्ने तथा त्यस्ता ऋणि सदस्यहरुलाई बोनश रकम नदिने समेत भएको छ ।
कार्यक्रमको सफलताको कामना गर्दै मनहर्वाका समाजसेविहरु रामदयाल प्रसाद चौधरी, टंक लुंइटेल, नर्मदा दहाल र कृष्ण प्रसाद वाग्ले उत्तर झिटकैंयाका शुभद्रा दवि र गोरखप्रसाद यादव तथा साना किसान कृषि सहकारी संस्था लि.डुमरवानाका संचालक कृष्ण न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका प्रबन्धक पुष्पराज खविडाले सन्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.