लेख / बिचार

“टिनएजर”हरुको यौन थलो बन्दैछ, साइबर क्याफे…….

इन्टरनेट प्रयोग गर्नेहरुलाई लक्षित गरी आय–आर्जन गर्ने उदेश्यका साथ खुलेका साइबर क्याफेहरु अचेल युवायुवतीहरुको यौन थलोको रुपमा स्थापित हुन थालेको छ । पर्दाले सुरक्षित क्याबिनभित्र युवा युवतीहरु घण्टौं बसेर अनैतिक क्रियाकलाप गर्ने गरेको जो कोहिले पनि अनुमान लगाउन सक्छन् । खासगरी प्सल टु पढ्ने गरेका युवायुवतीहरुमा यस प्रकारका बिकृतीहरुले स्थान लिदै आइरहेको छ जसका कारण साइबर क्याफेमा इन्टरनेट मार्फत आफ्ना अफिसियल कार्य गर्न जानेहरु समेत मर्कामा पर्न थालेका छन् । कम्प्युटर र इन्टरनेटको प्रयोग बिना नै आम्दानी हुने हुँदा निश्चित रुपमा कोहिपनि साइबर सञ्चालकहरुले त्यस्ता अनैतिक गतिबिधि रोक्न तदारुकता देखाउँदैनन् । फलस्वरुप युवायुवतीहरुबीच हुने अनैतिक गतिबिधिहरुले प्रश्रेय पाउँदै आइरहेको छ । “अफिसियल काम गर्ने उदेश्यका साथ साइबर गएको थिए, क्याबिन खाली होला भनेर पर्दा हटाउँदा लाजले भुतुक्कै भए“ – एक इन्टरनेट प्रयोगकर्ता थप्छन्, – “अर्को क्याबिनको पर्दा हटाए, झन उपद्रो देखियो ।“ “घरबाट बिभिन्न बाहाना बनाएर आउँने गरेका युवायुवतीहरु घर बाहिर के–के गर्दैछन्, साइबर क्याफेमा गएर हेरे हुन्छ,“– उनी भन्छन् ।

दक्षिणी रहनसहनको सिको गर्दै आइरहेका अहिलेका टिनएजरहरुमा देखा परेका यस्ता अनैतिक गतिबिधिलाई
निरुत्साहित गरी उनीहरुलाई सभ्य तुल्याउन अभिभावकहरु सतर्क हुनु जरुरी देखिएको छ । युवायुवतीहरुमा प्रेम पछिको बियोग खप्न नसकी आत्म हत्या समेत भएका उदाहारणहरु हामी माझ छ । त्यस्तो भयावह अवस्था सिर्जना हुन नदिन समय छदै बिचार पु¥याउनुपर्ने जरुरी देखिन्छ । प्रेम गर्नै हुन्न भन्न खोजिएको हैन, तर आफ्नो भबिष्यबारे सोच्ने मानसिक क्षमताको बिकास पूर्ण रुपमा भइ नसकेको युवा युवातीहरुमा प्रेम र बियोग अचेल फेसन सरह भएको छ । प्रेममा होमिएका दुई पक्ष मध्ये युवा वा युवती मध्ये एक मनाबैज्ञानिक रुपमा गहिरिदै जानु र अर्को पक्षले क्षणीक आनन्दको रुपमा लिनुले पनि समस्या उत्पन्न गराउने गर्दछ । जसको फलस्वरुपमा युवा वा युवती जो मनाबैज्ञानिक रुपमा गहिरिएका हुन्छन्, उनीहरु डिप्रेसनको शिकार भई आत्महत्या जस्तो जधन्य अपराध समेत गर्न पछि पर्दैनन् । एसएलसी परिक्षा उत्तिर्ण गरिसकेपछि बिद्यार्थी जीवनबाट फड्को मार्दै प्लस टु स्तरमा पुग्ने बित्तिकै टिनएजरहरु बीच बाह्य वातावरणको प्रभाव ह्वात्तै बढ्ने र फलस्वरुप उनीहरुमा सामाजिक बिकृतीले समेत स्थान लिनसक्ने सम्भावना प्रचुर मात्रामा रहने हुँदा यस्तो अवस्थामा उनीहरुलाई अभिभावक बर्गले निगरानीमा राख्नु जरुरी देखिन्छ । कलेज सकिएपछि उनीहरुको गतिबिधिबारे जानकारी बेला बेलामा लिनु पनि उत्तिकै जरुरी छ । कतिपय युवायुवतीहरु कलेज पढ्ने बाहानामा अनैतिक र असामाजिक क्रियाकलापमा लागिरहेका हुन्छन् । यस्तो घटना हुन नदिन अभिभावकहरुले आफ्ना केटाकेटीहरुले कलेजमा के गर्ने गरेका छन्, उनीहरुको शैक्षिक अवस्था कस्तो छ र उनीहरुले पढ्ने गरेको स्थानमा बातावरणीय प्रभाव कस्तो छ सो बारे बेलाबेलामा मूल्यांकन गरिरहनु उत्तिकै जरुरी छ । बिद्यार्थी जीवन पछिको उच्च शिक्षाको बिभिन्न चरणमध्ये प्रमाणपत्र तह (प्लस टु) मा नै कुनैपनि बिद्यार्थी असामाजिक गतिबिधिमा होमिने सम्भावना बढि रहने भएकोले यो अवस्थामा उनीहरुलाई मध्यनजर गर्नुपर्ने आवश्यकता रहन्छ । स्नातक तहमा पुगिसकेपछि बिद्यार्थीहरुले बिस्तारै आफ्नो जिम्मेवारी बहन गर्न थाल्दछ्न र उनीहरुमा आफ्नो भबिष्यप्रति सम्वेदनशिलता उत्पन्न हुने गर्दछ । त्यस्तै स्नातकोत्तर तहमा पुगिसकेपछि बिद्यार्थीहरु आफ्नो भबिष्य बनाउने बिषयमा केन्द्रित रहने गर्दछन् । यी तीनै चरणहरुमा प्रमाणपत्र तह (प्लस टू) स्तरका बिद्यार्थीहरुमा बाह्य नकारात्मक प्रभाव चाडै पर्न सक्ने सम्भवना रहने हुँदा अभिभावक बर्गले बिषेश सतर्कता अपनाउनु पर्दछ । मोबाइल र इन्टरनेटले प्रायः सबैमा पहुँच बढाइसकेको अवस्थामा सोबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभावबारे सतर्क भई आफ्नो अभिभावकहरुले आफ्ना बालबालिकालाई समयमै सहि बाटो पहिल्याउन बेला बेलामा निर्देशन गरिरहनु पर्ने हुन्छ ।
बेवसाइट मार्फत पोर्न साइटमा अपलोड गरिएको अश्लिल तस्बीर र भिडियो हेर्न साइबर क्याफेमा १६ बर्ष मुनिका बालबालिकाहरु समेत जाने गरेको पाइन्छ । जसका कारण उनीहरुको कलिलो मस्तिष्कमा जघन्य यौन अपराधका घटनाले उत्प्रेरण पाउने गर्दछ र समयको परिवर्तन संगै बलात्कार जस्तो जधन्य अपराधमा उनीहरुले आफूलाई सामेल गराउन समेत पछि पर्दैनन् । त्यस्तै यस्ता नकारात्मक प्रभावहरुलाई अत्य गर्न साइबर सञ्चालकहरुले आफ्नो साइबर क्याफेहरुमा पोर्न साइटलाई ब्लक गर्नु समेत उत्तिकै जरुरी रहेको छ ।
भूमण्डलीकरणको अहिलेको युगमा मानिसलाई इन्टरनेट नभई नहुने साधनको रुपमा बिकसित भइसकेको छ । इन्टरनेट बिना मानव जीवन अवस्य पनि कठिन र कष्टकर हुने गर्दछ । टाढा–टाढाका आफन्तहरुलाई जोड्ने, बिद्यार्थीहरुले आफ्नो अध्ययन सामग्रीहरु सर्च गर्ने, बिश्वका बिभिन्न ठाउँमा भइरहेको घटनाबारे जानकारी गराउँने र ब्यापार ब्यवसायमा समेत नभई नहुने माध्यम बनेकोछ इन्टरनेछ । मानिषका यीनै आवश्यकता पूर्ति गर्न खोलिएका साइबर क्याफेहरुले प्रदान गर्ने गरेको सेवा र सुबिधा अवश्यपनि सराहनीय छ, तर इन्टरनेट प्रयोग गर्ने बाहानामा साइबर क्याफेभित्र हुने गरेका अनैतिक गतिबिधिहरुले भने बिकृतीलाई उर्जा दिइरहेको हुँदा सञ्चालकहरु यसबारे सतर्क हुनु जरुरी छ । युवायुवतीहरुलाई साइबर क्याफे प्रवेशमा प्रतिबन्द नै लगाउनु पर्छ भन्ने खोजिएको हैन, तर साइबर क्याफेभित्र हुने उनीहरुको गतिबिधिबारे साइबर सञ्चालकहरुले कडा निगरानी राख्नु र गेम खेल्ने बाहनामा पोर्न साइटमा लिप्त हुने बालबालिकाहरुहरुलाई समेत कुरितीको शिकार हुन नदिन त्यस्ता अनैतिक साइटहरु ब्लक गर्नु जरुरी छ । हुनतः लोडसेडिङ्ग र बन्दको चपेटमा परेका साइबर सञ्चालकहरुलाई अहिले आफ्नो पसलको भाडा तिर्न समेत धौ–धौ परिरहेको छ । यसका अलावा साइबरमा राखिएका सिष्टमहरुबाट हार्डडिष्क, ¥याम, सिडी ड्राइभ जस्तो मूल्यवान डिभाईसहरु चोरीको घटनाले सञ्चालकहरुलाई नराम्ररी पिरोलेको छ । अतः यी यस्ता घटनाहरु हुन नदिन साइबर सञ्चालकहरुले क्याभिन भित्र हुने गरेको गतिबिधीहरुलाई कडा रुपमा निगरानी गर्न सक्नु पर्दछ ।
अन्ततः सूचना प्रबिधिको प्रयोग मानिसको जीवन भोगाईको अन्त्यन्तै महत्वपूर्ण पाटोको रुपमा बिकसित भइसकेको अहिलेको अवस्थामा साइबर क्याफेहरु सञ्चालन गरेर सेवा प्रदायक बनिरहेको सइबर सञ्चालकहरुको ब्यवसायलाई थप प्रभावकारी बनाउन उनीहरुलाई सो ब्यवसायप्रति थप उत्प्रेरित गर्नका लागि सरकारले पनि उनीहरुलाई बिशेष प्राथमिकता दिनु पर्ने हुन्छ । साथै साइबर क्याफेका सञ्चालकहरुले समेत आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ बहन गर्दै असामाजिक र अनैतिक गतिबिधि निर्मूल पार्दै स्वच्छ ब्यापार गर्नु नै बेस हुन्छ ।

nischal_alone@yahoo.com

Back to top button
Close