सुचना / प्रविधी

फेसबुक प्रयोगकर्ता ९० करोड नाघे

सोसल साइट फेसबुकका प्रयोग गर्नेको संख्या ९० करोड नाघेको छ । अहिले विश्वमा ९० करोड १० लाख मानिसले फेसबुक प्रयोग गर्ने गरेको र यो वर्षभित्रैमा यो संख्या १ अर्ब नाघ्ने फेसबुक कम्पनीको दाबी छ ।

आफ्ना ९० करोड बढि प्रयोगकर्ता मध्ये ५२ करोड ६० लाख जनाले दिनदिनै आफ्नो अकाउन्ट लग अन गर्ने गरेका फेसबुकको भनाइ छ । फेसबुकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो सामाजिक संजालमा हरेक दिन ३ अर्ब २० करोड कमेन्ट पोष्ट हुन्छन् भने हरेक दिन ३० करोड फोटो अपलोड हुन्छन् । हरेक दिन १२ खर्ब ५ अर्ब वटा मित्रता (फ्रेन्डसीप) फेसबुक मार्फत कायम हुने गरेका छन् ।

फेसबुकका प्रयोगकर्ताको संख्या ह्वात्तै बढिरहेको भएपनि कम्पनीको नाफा भने घटेको छ । यो वर्षको पहिलो त्रैमासिकमा फेसबुकको नाफा १२ प्रतिशतले घटेको छ । कम्पनीको अपरेटिङ खर्च बढेकाले नाफा घटेको हो । सन् २०१२ को जनवरी देखि मार्च सम्ममा खुद नाफा २० करोड ५० लाखमा झरेको बताइएको छ ।

OnlineKhabar.Com

Back to top button
Close