Latest News from Terai Madhesh

बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ओझा

सुभाषप्रसाद साह
बारा, २८ असोज

बाराको ईनर्वासिरा स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राधाकान्त ओझा निर्वाचित भएका छन् ।
ओझाले एक सय २९ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी समिअख्तर अंसारीले २९ मत मात्र ल्याएका थिए । यसैगरी सदस्यहरुमा बिन्ची साह, शेखअब्दुल रग अंसारी र मिना पुनमगर निर्बिरोध निर्वाचित भएको बिद्यालयका प्रधानाध्यापक मुस्लिम अंसारीले बताए ।

Loading...

Arun Sah Web Hosting