ब्ल्याकबेरी समस्या चर्कदै, कम्पनी चिन्तित

असोज, एजेन्सी । लोकप्रिय मोबाइल फोन ब्ल्याकबेरीमा देखिएको इमेल र एसएमएसको समस्या अमेरिका र क्यानडमा समेत चर्चाको विषय भएकोे छ ।

विगत केहि दिनदेखि ब्रिटेनका ब्ल्याकबेरी ग्राहकहरु मात्रै यस समस्याले पीडित भएका थिए । यो समस्या अन्य देशका ब्ल्याकबेरी प्रयोग कर्ताले पनि भोग्नुपरेको छ ।

ब्ल्याकबेरी फोन निर्माता कम्पनी रिसर्च इन मोसनले केही प्राविधिक त्रुटिका कारण यो समस्या आएको भन्दै समस्या समाधान भइसकेको जनाएको छ । तर प्रयोगकर्ताहरुले भने समस्या कायमै रहेको बताएका छन् । कम्पनीले समस्या पुर्ण रुपमा समाधान गर्नका लागी पहल भइरहेको जनाएको छ ।

विगत तीन दिन देखी ब्ल्याकबेरी प्रयोग कर्ताहरुले इमेल र एसएमएस सेवा प्रयोगमा समस्या भोग्नु परेको थियो । प्रतिस्पर्धी कंपनी एप्पलले नया आइफोन फो एस बजारमा ल्याउने तयारी गर्दै गर्दा ब्ल्याकबेरीमा देखिएको यो समस्याले कम्ंपनीको साखमा ठूलो धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close
Close