९० किलो गाँजा सहित दुई पक्राउ

उपेन्द्र यादव
बारा, २४ असोज
 पर्सा जिल्ला रतनपुर बाट गण्डक नहर हुदै टाँगामा मोतिहारी लग्दै गरेको ९० किलो गाँजा बारा प्रहरीले पक्राउ गरेको छ ।
बाराको गण्डक नहरमा पर्ने अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक सिकेन्द्र साहले विषेश सुराकिको आधारमा टाँगाको छानामा विषेश तरिकाले बनाइएको ठाँउमा गाँजा राखि माथि बाट प्लाष्टिकल छोपेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
९० किलो गाँजालाई ९ वटा थैलिहरुमा विषेश तरिकाले बनाएर राखिएको थियो । गाँजा बोकेको टाँगा पर्सा जिल्लाको रतनपुरबाट हिडे पनि बाटोमा पर्ने विभिन्न प्रहरी चौकिहरु छल्दै तेलकुवा सम्म पुगेको थियो । टाँगा संगै बारा नौतनका कृष्ण दास र सिमावर्ति शहर रक्सौल निवासि टाँगा चालक बिनोद ठाकुर टाँगा साथै पक्राउ परेका छन् ।
पक्राउ परेका ठाकुर पर्सा रतनपुरका मुन्नीलाई कुर्मीको घरबाट रु. एक हजार पाउने लोभमा गाँजा ल्याएको कुरा ठाकुरले बताएका छन् ।

सम्बन्धित समाचार

Back to top button
Close
Close