लेख / बिचार

खतरामा फेसबुकको बर्चस्व

अरुणकुमार साह
बारा, २२ साउन

गुगल प्लस लाई लंच गरेका एक महिनाकै अवधिमा यसले फेसबुकलाई चुनौती दिन थालेकोछ । वेभसाईट बारे जानकारी दिने कम्पनी एसेस्ट्री काट कमको अनुसार गत एक हप्तामाको अवधिमा गुगल प्लस संग ८० लाख प्रयोगकर्ता जुडेका छन् । जसको कारण एक महिनामै एक करोड ८० लाख भन्दा बढि गुगुल प्लसको प्रयोगकर्ता भएका छन् ।
एसेस्ट्री डाट कामको अनुसार गुगल प्लसको लोकप्रियता यसै अनुसार रह्यो भने आउने पाँच महिनामा गुगल प्लसले फेसबुकलाई पछाडि पार्ने छ । र यसको प्रयोगकर्ता १० करोड भन्दा बढि पुग्ने छन् । तर अरु सर्वेका नतिजा अनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्ग एक लोकप्रिय ब्यत्तित्व भएका कारण फेसबुलाई पछाडि पार्न गुगल प्लसलाई अरु केहि समय लाग्ने जानकारी आएकोछ ।

Back to top button
Close