लेख / बिचार

बदलिदो पत्रकारिता र बदलिनु पर्ने पत्रकारिता

२०६२÷०६३ को राजनितिक आन्दोलनको सफलता पश्चात आफनोे अस्तित्वको स्वधिनता महसुस गरेका सञ्चारका माध्यामहरुको बिकाश त २०४६ सालको आन्दोलन पश्चात नै भएको थियो तर बत्ति मुनि अध्यारो भने झै चर्चामा रहेर पनि सधै ओझेमा परेको सञ्चरकर्मिको उज्यालो आन्दोलनको राप संगै देखा पर्यो तर र्दुभाग्य संचारका माध्यम र सञ्चारकर्मिको संख्यात्मक बिकाश संगसंगै गुणत्मक बिकाश भएको पाइएन ।
देश अनिश्चतताको भुमरिमा जत्ति दोषि राजनितिकर्मि छन् त्यसमा दोष सञ्चार माध्यम र सञ्चारकर्मिहरुको पनि उत्तिकै देखिन्छ । जनआन्दोलन बाट प्राप्त उपलन्धिहरुलाई संस्थागत गर्नुको लागि संविधान निमार्णको साटो राजनितिक दलहरु मात्र सत्ता केन्द्रित राजनितिमा रुमलिरहेका छन् । २ वर्ष र थप गरिएको १ वर्ष भित्र पनि संविधान निमार्ण गर्न नसक्नु , थप गरिएको ३ महिना समयमा पनि संविधानको मस्यौदा तथा जनसेना व्यवस्थापनमाको दिशामा अग्रसर नदेखिनु , जन्तालाई सरकार हुनु र नहुनुको औचित्य महसुस नहुनु यी सवै कारणले गर्दा दश हाल अनिश्चतताको भुमरिको फसेको देखिन्छ साथै गर्भे संविधान सभाको भु्रण हत्या हुने र शिशु गणतन्त्रको बाल हत्या हुने संभावना गिद्धले शिनोको लागि आकाश मडारेझै मडारिरहेको छ । देशमा शैक्षिक बेरोजगारिको जर्जर अवस्था ,शान्ति सुरक्षाको प्रत्याभुति सरकारले दिन नसक्नु ,आर्थिक रुपले देश असफल राष्ट्रको सुचिमा उक्लिदै गइरहेको अवस्था छ । राजनिति दलका गतिविधले देशै गन्हाईरहेको छ ।
यस्तो देशको नाजुक अवस्थामा मिडियाले राम्रो समन्वयकारि र पहलकर्ताको भुमिका खेलेको खण्डमा देश एउटा र्दुघटनाबाट बच्न सक्छ । राजनितिक दलहरुलाई उनिहरुले गलत क्रियाकलाप – नातावाद,कृपावाद,भ्रष्टाचार र राष्ट्रघाति निणर्य ) को ध्यानाकर्षण , सुभाव , सल्लाह तथा त्यतिले पनि नसच्चिए त्यसता क्रियाकलापलाई राष्ट्रिय बहसको बिषय बाटो बनाउने तथा कुनै पनि वाद ,विचार तथा सिद्धान्तको पिछलग्गु नबनि जन्ता सामु प्रष्ट रुपमा सत्य तथ्य ल्याउनु ने आफनो धर्म बुझ्नु पर्छ । राज्य संचालनका तिन महत्वपर्ण अङ्ग – कार्यपालिका ,व्यवस्थापिका र न्यायपालिका ) पछिको चौथो अङ्ग पत्रकारिताको अर्थ नै हो जस्ले राज्य संचालन यी तिन निकायका सुचनाको हक अधिकार नागरिक सम्म पुर्याउनुको साथै राज्य संचालनमा गल्ति भए त्यसलाइै सच्चयाउनको लागि पहरेदारको भुमिका निवार्ह गर्नु नै राज्यको चौथो अङ्गको मान्यता हो । तर बिडम्बना यहाँ पत्रकारिता कसैको लागि पत्रकारहरुको लागि मागि खाने भाडो कसैको लागि भातको जोहो भन्दा बढि हुन सकेको छैन् । यहाँ समाजको ऐनाको रुपमा परिस्कृत भएको पत्रकारिता आज आफनै अनुहार नचिनेने अवस्थामा आएको छ ।

यहाँ समस्याको मुल जडो राज्य संचालन तहमा पनि रहेको देखिन्छ । राज्यले नै निर्धारण गरेको मापदण्ड अनुरुप कुनै पनि पेशा,सेवा वा व्यवसाय संचालनको निम्ति राज्यद्धारा दिइने स्विकृति, प्रमाणपत्र वा शैक्षिक योग्यताको मापदण्ड तोकेको छ तर अपवाद मै शायद पत्रकारिता पेशा पर्दछ । १०० जना यात्रुको जिवन हातमा लिएर हिड्ने चालकलाई त लाइसेन्सको व्यवस्था गरिएको छ भने जन्तालाई सुसुचित हुने गर्ने अधिकार पाएको पत्रकारलाई कुनै किसिमको प्रमाण पत्र वा शैक्षिक योग्यताको व्यवस्था गरिएको छैन् । यस सम्वन्धमा राज्य किन मौन छ बुझिएको छैन ।
यसैको कारण हो पत्रिकामा आक्कल झुक्कल कलम चलाएर वा प्रकाशकलाई शराब,शबाब र रबाबको त्रासमा पत्रकार परिचय बनाई पत्रकारितालाई झजाएर खान पल्किएकाहरुको जमात बर्खायामको च्यउ झै बढिरहेका छन् । यस्ता विकृति मौलाउनुमा केहि हद सम्म पत्रकार महासंघको गैर जिम्मेवारिता पनि देषि छ । आफनो पक्षको बहुमत बढाउनै र चुनावमा आफनो पक्षको माहौल तयार गर्नको लागि गलत क्रियाकलापमा लागेका लाई महासंघको सदस्य बनाउने परम्परा देखिएको छ । यसैको परिणम हो आपराधिक क्रियाकलापमा पत्रकारहरुको प्रत्यक्ष वा अप्रत्यक्ष संग्लनता पाइरहेको छ तर महासंघले त्यसलाई आफनो प्रतिष्ठा बचाउनैको लागि भए पनि त्यसता पत्रकारहरुलाई सुनपानि छर्किने काम गरिरहेको छ । बोराको कुहेको आलुले सवै आलु कुहिन्छ भन्ने महासंघले बुझपचाउनुकै नियति हो पत्रकारको खोल ओढेका आपराधिक एजेन्टको दुष्कर्मको परिणम सोेझा पत्रकारहरुको अपहरण र मृत्युले चुकाई रहेको छ ।
समस्यको पहिचान र मुद्धाको उठान पश्चात निष्कर्ष सम्म पुग्नु भन्दा पहिलेनै आत्मसर्मपणवादि शैलिले गर्दा पनि पत्रकारिताको धर्म तथा चरित्र माथि प्रश्न उठ्ने गरिएको छ साथै सत्य तथ्यको पहिचान तथा स्थलगत निरिक्षण तथा स्यालको गु पवर्त शैलिको पत्रकारिता समस्या रहेको छ , । जस्तै ःराजस्व छलि प्रकरणलाई जोडतोडले उठाइयो राजस्व छलेका केहि कम्पनिहरुको कालाकर्तुतहरु प्नि बाहिर आए तर त्यो फेरि समाधान भन्दा पहिल्यैनै सेलाएर गएको भान हुन्छ । डाबर जुसको लेदो र किरा प्रकरणलाई राष्ट्रियताको मुद्धासंगै जोडेर ल्याइयो तर त्यो कुन मिडिया हाउसलाई भारतिय राजदुतले भने झै कत्ति विज्ञापन बाडेर तुहियो वा तुहाइयो यो रहस्यको गर्भ भित्रका नै रहेको पाइन्छ । स्थलगत अनुसन्धान तथा स्रोत व्यक्तिको विश्वसनियता वा गलतिको कारण अनुजा बानिया प्रचार अभियानमा राष्ट्रपति पनि अन्जानमा जोडिन पुगे यस्को जिम्मेवार को यस्को जवाफदेहिता कस्ले दिने ? त्यसतै बेरोजगार युवाको रोल मोडेल बन्न सक्ने खतरा रहेको पर्शुराम प्रकरणलाई पत्रकारहरुले आफनो प्रतिष्ठासँगै जोडेर उठाए, महासंघले पनि चरणबद्य आन्दोलन गर्यो तर निष्कर्ष सम्म पुग्नु भन्दा पहिले आन्दोलन तुहियो । महासंघ अहिले के गदै छ ? यस्ले त झन् आपराधिलाई कानुनले छुन नसक्ने र पशुरामलाई हिरो बनाउने काम मात्र भयो । नागरिकलाई सुचनाको हकबाट सुसुचित गर्ने गहन जिम्मेवारि पाएको पत्रकारिता हालको दिनमा श्रषि धमला शैलिको (भि.आई.पी.) पत्रकारिताको शुरुवात भएको हो यो आफैमा सोचनिय विषय रहेको छ हामिले पत्रकारिता कस्को लागि गर्ने नेताको रुघाखोकिको कि सुदुरपश्चिमका पखाला लागि ज्यान गुमाएका नागरिकहरुको लागि ।
र्दुघटनामा २ को मृत्यु, नेता द्धारा कार्यक्रमको उद्घाटन, कार्यक्रम सम्पन्न यी हुन् मोफसलको पत्रिकाहरुको ताजा खबर खोज पत्रकारिता तराईको गिद्धझै लोप भइरहेको अवस्था छ । स्थानिय संयन्त्रको माध्यमबाट बिकाश निमार्णको कार्यमा आएको कत्ति रकम भागबण्डामा बाडिएको के पत्रकारहरुलाई यसबारे थाहा नभएको हो तर कोहि भाग लिएर बसेका छन् भने कोहि संक्रमणकालिन राजनितिक अवस्था र दण्डहिनताको कारण मुखमा बुझो र कलमको मसि सुकाएर बसेका छन् । यस प्रकारका भाडो पत्रकारिताको चरम नमुनाको सम्वन्धमा विचार गनुपर्ने बेला आएको छ ।
पत्रकारिताको मुलभुत मान्यता भन्दा पनि व्यक्तिवादि चरित्र, सांगठनिकवाद,विचार वा समुहको पछाडि रुमलिरहेको अवस्था छ । खास गरि मोफसलमा पत्रकारिताको व्यवसायिता हुन नसक्नुले पनि पत्रकारहरुलाई आफनो धर्म निर्वाहमा कठिनाई भइरहेको छ । मुलत विशुद्ध पत्रकारित मात्रले पनि जिवकोपार्जन गर्न सजिलो छैन । आज कुन चाहि बाउ आमाले आफनो छोरा छोरीलाई पत्रकार बन् या बन्नको लागि प्रेरित गर्छन् । यसरी परिवारको आशा अनुरप पत्रकारिताले आज पेशाको रुप धारण गर्न नै सकेको छैन् र सञ्चार माध्यमहरुले पनि श्रमजिवि एनेको पालना गरेका छैनन् तसर्थ जब सम्म पत्रकारितलाई पुर्ण व्यवसायिक बनाउन सकिदैन तब सम्म यी समस्या ज्युकात्यु रहिरहने छ ।
यी त नेपालि संचार माध्यम, संचारगृह तथा संचारकर्मिमा भएका आधारभुत समस्याहरुको पहिचान मात्र हो यस्ता समस्या अझै थुप्रै रहेका छन् । आधारभुत स्तम्भ बलियो भए घर आफै बलियो भएर जानेछ । अब राज्य, संचारगृह तथा संचारकर्मि आफैले पनि विचार गर्ने बेला आएको छ कि हामि हाम्रो घरको जगको निमार्ण कस्तो गरौ कि जस्ले हाम्रो सन्ततिलाई सुरक्षित तथा भरोसा युक्त बासको विश्वास होस् । साथै बदलिएको पत्रकारितालाई बदलिनु पर्ने पत्रकारितामा रुपान्तरण गरौ ।

बिबेक बस्नेत
बारा,कलैया–७

Back to top button
Close