पत्नीले बनाइन् जिम्मेवार


नयाँदिल्ली/ आगामी विश्वकपको तयारीमा जुटेका आक्रामक भारतीय ब्याट्सम्यान वीरेन्द्र सेहवागले दर्शकले भरिएको घरेलु मैदानमा खेल्दा ऊर्जाप्राप्त हुने तथा त्यसबाट आफूलाई राम्रो खेल्न प्रेरणा मिल्ने बताएका छन् । साथै कुनै वेला गैरजिम्मेवार ब्याट्सम्यानको परिचय बनाएका सेहवागले पत्नी आरतीले आफूलाई जिम्मेवार बनाएको पनि बताए ।

‘घरमा भरिएको रंगशालामा खेल्दा कुनै दबाब हुँदैन तथा रंगशालामा उपस्थित दर्शकबाट अझै राम्रो खेल्ने प्रेरणा मिल्छ । जब हामी भारतमा खेल्छौँ, दर्शकले ऊर्जा दिन्छन् । वीरु, वीरु र सचिन, सचिनको स्वरहरू सुन्दा खेल झनै राम्रो बन्छ,’ सेहवागले भने ।

भारतले उपमहाद्वीपमा १९८७ र १९९६ मा आयोजित विश्वकपमा कस्तो खेल्यो भन्ने उनी सम्झन चाहँदैनन् । त्यसवेला विश्वकप विजेताका रूपमा हेरिएको भारतले सेमिफाइनलसम्म मात्रै स्थान बनाएको थियो ।

‘विगतको विश्वकपमा के भयो भन्ने बितेका कुरा हुन् । हो, भारतीयहरू सधैँ जित खोज्छन्, तर त्यसले नै दबाब दियो भन्न मिल्दैन । हामी आफ्नो परिवारबीच रहँदा दबाब महसुस गर्छौँ र ? म घरमा खेल्न सधैँ रमाउँछु,’ उनले भने ।

काँधको चोटका कारण गत महिना दक्षिण अपि|mकामा एकदिवसीय शृंखला खेल्न नपाएका ३२ वषर्ीय सेहवाग अहिले चोटमुक्त भइसकेका छन् । आगामी विश्वकप १९ फेब्रुअरीदेखि २ अपि्रलसम्म हुँदै छ ।

गौतम गम्भीरको हात र सचिन तेन्दुलकरको ह्यामस्टिङ चोटका कारण सेहवाग केही चिन्तित छन्, तैपनि उनी भारतीय टोली बलियो रहेको दाबी गर्छन् ।

‘मेरो धारणामा चोटले हाम्रो मौका गुम्ने छैन । हामी भाग्यमानी पनि छौँ किनभने चोटग्रस्त हाम्रा सबै खेलाडी विश्वकप सुरु हुनुभन्दा एक महिनाअगावै फिट भइसकेका छन् । हाम्रो सफलता ब्याटिङमा निर्भर रहन्छ,’ उनले भने, ‘मेरो काँध पनि अहिले ठीक भइसक्यो तथा म कडा अभ्यास गर्दै छु । मेरो छुट्टी सकियो ।’

कुनै वेला धैर्य नभएको ब्याट्सम्यान तथा गैरजिम्मेवार ओपनरका रूपमा चिनिएका सेहवाग अहिले संयमित बनेका छन्, तर आक्रामक पनि । उनी नतिजा मोड्न सक्ने ब्याट्सम्यानका रूपमा पनि चिनिन थालेका छन् । साथै उनी स्वयं आफू खेलाडी तथा व्यक्तिका रूपमा समेत परिपक्व बनेको धारणा राख्छन् । बाल्यकालकी साथी आरतीसँग बिहे गरेपछि आफूमा परिवर्तन आएको उनी बताउँछन् । २००७ को विश्वकपअघि खेलमा कमजोर बनेका सेहवागले अझै ठूलो इनिङ खेल्न बाँकी रहेको अनुमान सबैको छ ।

‘मैले एक दशकभन्दा लामो अवधिदेखि मुलुकका लागि खेलिरहेको छु तथा समयसँगै म खेलाडीका रूपमा परिपक्व बन्दै छु । अहिले म छानेर र सोचेर मात्रै बल प्रहार गर्छु । खराब बल मेरो क्षेत्रमा आउँछ भने त्यसलाई सम्मान गर्दै कडा प्रहार गर्नु मेरो दायित्व हो,’ उनी भन्छन्, ‘५-६ वर्ष खेलिसकेपछि टोलीमा आफ्नो भूमिकाको पनि पहिचान हुन्छ । मलाई प्रशिक्षक र कप्तानको पनि साथ छ तथा उनीहरूले भनेअनुसार ब्याटिङ गर्छु । मलाई परिपक्व बनाउन आरतीको पनि भूमिका छ ।’

खेलाडी जीवनको सुरुवातमा अति आक्रामक किन भएँ भन्ने जवाफ पनि सेहवागसँग छ । ‘म मध्यक्रमको ब्याट्सम्यान थिएँ तथा मैले तीन ओभरभन्दा बढी कमै खेल्न पाउँथे तथा त्यस्तो अवस्थामा कुनै विकल्प हुँदै अनि चाँडै रन जोड्नुपथ्र्यो । त्यसैले त्यसवेला मेरो ब्याट अति आक्रामक बन्थ्यो ।’

‘अब म शीर्षक्रममा ब्याटिङ गर्छु तथा मलाई थाहा छ म पछाडि अन्य १० जना छन् भन्ने । त्यसले मलाई आफ्नै शैलीमा खेल्न दिन्छ,’ अहिले पनि आफ्ना स्कुलका प्रशिक्षक एएन शर्मासँग केही नयाँ सिक्न खोज्ने सेहवाग भन्छन् ।

‘मेरो ब्याटिङ टोलीको आवश्यकताविपरीत रहेको म मान्दिनँ । तर, म त्यही ब्याट्सम्यान हुँ जसले धम्बुलामा एक-एक विकेट झरिरहँदा शतक र ९९ रन बनाएको थियो ।’

‘त्यसवेला मानिसहरूले मेरो शैली मन पराए, अहिले त म १० मिनेट नेटमा बिताउँदा पनि म्याच नै खेलिरहेको सोच्छु । म अहिले पनि त्यसरी नै ब्याटिङ गर्न चाहन्छु जसरी १९ वर्षको हुँदा गर्थेँ, तर म अहिले जिम्मेवार बनेको छु ।’

२२ पटक टेस्ट तथा १३ पटक एकदिवसीय शतक बनाइसकेका सेहवागले विपक्षीको खेलको रेकर्डिङ हेरेर आगामी खेलको तयारी गर्ने गरेको पनि बताए । ‘म आफ्नो दिमागमा काल्पनिक रंगशाला बनाउँछु अनि अनेकौँ बलरका बारेमा सोच्छु । अनि उनीहरूको बलिङ शैलीविरुद्ध कसरी खेल्ने भन्ने योजना बनाउँछु

सम्बन्धित समाचार

Back to top button
Close
Close