शिक्षा, स्वास्थ्य तथा बिकासे कार्यमा युवालाई लाग्न नेता मैनालीको आग्रह

सुभाषप्रसाद साह
बारा, १३ कातिक

नेकपा एमालेका केन्द्रीय सदस्य अच्युत मैनालीले शिक्षा, स्वास्थ्य तथा बिकासे कार्यहरुमा युवाहरु सक्रियरुपमा लाग्नुपर्ने आग्रह गरेका छन् ।

बाराको रतनपुरीमा युवा संघ नेपाल, रतनपुरी गाउँ कमिटिद्वारा दिपावली तथा छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता मैनालीले रतपुरीलाई रत्न नगरको रुपमा बिकास गर्नको लागि युवाहरुले आफ्नो पहल शुरु गर्नुपर्ने कुरामा जोड दिए ।

संघका अध्यक्ष सुमन लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भरत खडका, बिष्णु ढुङ्गाना, कृष्ण खनाल, ध्रुव यादव, दिलबहादुर लामा, जमान बलान, रुपेन्द्र धमला, टंकबहादुर गोले, तिलक लामा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Back to top button
Close
Close