देश

राजनीतिक, आर्थिक तथा समाजिक बिकास बिना राज्यको बिकास नहुने– नेता मैनाली

सुभाषप्रसाद साह
बारा, ५ कातिक


नेकपा एमालेका केन्द्रीय सदस्य अच्युत मैनालीले राजनीतिक, आर्थिक तथा समाजिक बिकास बिना राज्यको बिकास नहुने बताएका छन् ।

बाराको बेनौलीमा शुक्रबार अरुण स्मृती नक आउट क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य मैनालीले खेलकुदको माध्यमले राज्यको पहिचान बिश्वमै कायम हुने भएकोले खेलकुद, शिक्षा तथा स्वास्थ्यको बिकास गर्नमा सबै लाग्नुपर्ने कुरामा जोड दिए ।

आपसी असमझदारीको कारण जिविस बारामा करोडौ रकम कागजी बिकासमै सीमित भएको प्रति नेता मैनालीले दुःख व्यक्त गरे ।

ग्रामीण समाज बिकास केन्द्र बेनौली र बाल प्रगति बाल क्लब बेनौलिको संयुक्त आयोजनामा शुरु भएको सो क्रिकेट प्रतियोगिता सात दिन सम्म चल्ने आयोजक संस्थाका सदस्य भैयाराम सहनीले बताए । आयोजक संस्थाका अध्यक्ष मुन्ना तिवारीको अध्यक्षतामा सम्पन्न सो खेलको उदघाटन शत्रमा अध्यानन्द पाण्डे, किशोरी यादव, ध्रुव यादव, दिनानाथ सहनी, सुभाषप्रसाद साह, महानन्द यादव, रामनरेश दास लगायतको सहभागिता रहेको थियो ।

शुक्रबार पहिलो दिन बेनौलि क्रिकेट क्लब बेनौलि र ओम क्रिकेट क्लब हर्दिया बीच भएको खेलमा बेनौलि क्रिकेट क्लब बिजयी भएको छ । टस हारेर बैटिङ्ग गरेको बेनौलि क्रिकेट क्लबले सात बिकेटको नोक्सानीमा एक सय ३१ रन बनायो भने २० औ ओभरमा अल आउट भएर ओम क्रिकेट क्लब हर्दियाले एक सय २० रनमै सिमित हुन भयो । भोलिको खेल चिउटाहा क्रिकेट क्लब चिउटा र भारतको छौडादानो क्रिकेट क्लब बीच हुने आयोजकले जनाएको छ । सो खेलमा नेपाल र भारत सात टिम सहभागि हुने बताईएको छ ।

Back to top button
Close